Jump to content

Page:Laxmi nibandhasangraha.pdf/40

From Nepali Proofreaders
Revision as of 22:09, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो,

स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त

भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।

तर यी पाँच कुरा जहाँ छन्‌, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन्‌ । ईश्वरविना एँडी हुँदैन, आत्माविना

माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।

पाँचौटा चाहिने कुराहरू/३१