Jump to content

Page:Laxmi nibandhasangraha.pdf/27

From Nepali Proofreaders
Revision as of 21:41, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बहस गर्नु उनीहरू बुभ्दैनन्‌ । टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बहस गर्नु उनीहरू बुभ्दैनन्‌ ।

टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक

छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ

गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र

रवाफ निक्लन सक्ला ?' यस्ता मान्छेहरू ती हुन्‌ जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन्‌ । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन्‌ र प्राचीन आर्यसभ्यतामा

नफरत देखाउँछन्‌; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्‌, थचक्क

बस्न सक्तैनन्‌ र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ । महात्माहरू पलेटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा

डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक

अज्ञान ?

१०८लक्ष्मी निबन्ध-संग्रह