Jump to content

Page:Shakuntala.pdf/20

From Nepali Proofreaders
Revision as of 21:32, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको । छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।

छ व्यापारै बन्दै विषय-विष

मारेर तनको ॥

असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि ।

निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सारा जगत अब कालो तिमिरता । निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ उज्यालो भो यौटै कमलदिलको, भै । बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥

(३०) गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।

उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥

उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ (३१) हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले ।

गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।

अशोकै छन्‌ यौटा कि त अघि थिए कैशिक यिनै ॥ (३२)

परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।

करोडौं सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥

यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । जिते सारा

आफैं

अमरपति

जित्छन्‌ सहजले ॥

(३३)

परीका गाला झैं रसमधुर प्यालाहरु लिई । विलासीका नेता त्रिदशपति निर्धक्कसँग सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल

ती ॥

बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥

(३४)

१४