ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै
सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो । रङ्हरू बोक्सीका छलहरू हुन् । भो वाक्क छु म चाहन्नँ कीर्ति,
म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेक्त् मेरै छातीमाथि
मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिन्, मैले जिइसकेँ; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे ।
मैले भोगे ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन् । मैले
एकबाजि संसार उचालेर हेरेँ । अब अरू उचालून्-आफ्नो महत्त्वाकांक्षाका
निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु-दुनियाँ जिउँदो रहेर चलिरहेको देख्नको सौखमा ।
छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न
पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो
टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय
भए मलाई बताइदैओ ! म एक कुनामा गएर अँधेरीबाट चियाउँ-दुनियाँ
कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा
लरबरिन्छ, कसरी बैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त
स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन् । अरूले
त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस् त ग्वाङ्ग्रा ? यहाँ केही छैन ।
१४२/लक्ष्मी निबन्ध-संग्रह