Jump to content

Page:Bhanubhaktako ramayan.pdf/176

From Nepali Proofreaders
Revision as of 17:13, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यो बिन्ती सुनि खूस भै कन तहाँ येती अह्राइन् पनी । राम्को दर्शन गर्छु बिन्ति गर गै भेट् गर्न खोज्छिन् भनी ॥ सीताका इ वचन् सुनेर हनुमान् राम्का हजुर्मा गया । दर्शन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यो बिन्ती सुनि खूस भै कन तहाँ येती अह्राइन् पनी ।
राम्को दर्शन गर्छु बिन्ति गर गै भेट् गर्न खोज्छिन् भनी ॥
सीताका इ वचन् सुनेर हनुमान् राम्का हजुर्मा गया ।
दर्शन्को मतलब् थियो जननिको सो बिन्ति गर्दा भया ॥२८८॥

यो बिन्ती हनुमानले हजुरमा ताहाँ गर्याथ्या जसै ।
मर्जी भो प्रभुको विभीषणजिको साथ् लागि आया तसै ॥
जाऊ ल्याउ सिताजिलाइ तिमिले सब् देह निर्मल् गरी ।
आउन् भेट्न सिता अनेक् तरहका भूषण् शरिर्मा धरी ॥२८९॥

हूकुम्ले हनुमानलाइ सँगमा लीई विभीषण् गया ।
जल्दी स्नान गराउना कन तहाँ खुप् यत्न गर्दा भया ॥
पैल्हे स्नान गराइ शुद्ध कपडा पैह्राइ भूषण् पनी ।
दीया सुन्दर जुन् थिया खुसि हुँदै पैह्रुन् सिताजी भनी ॥२९०॥

डोली माथि सिता चढाइ खुसि भै हींड्या विभीषण् जसै ।
दर्शन् गर्न भनेर वानरहरू आयेर घेर्या तसै ॥
चौकी गर्न भनेर डोलि नजिकै जो ता रह्याका थिया ।
सब् वानर्हरुलाइ तेस् बखतमा तिन्ले हटाई दिया ॥२९१॥

कोलाहल् अधिकै भयो प्रभुजिले सून्या नजर् भो पनी ।
हूकुम् भो रघुनाथको किन तहाँ वानर् हटाया भनी ॥
आमा जानि ति हेर्दछन् सब जना हेरुन् ति वानर्हरू ।
डोलीमा किन चढ्दछिन् अब सिता पैदल् ति आउन् बरू ॥२९२॥

सूनिन् ख्वामितको हुकुम् र जननी जल्दी जमिन्मा झरिन् ।
पाऊ पर्छु भनेर खुप् खुसि हुँदै साम्ने अगाडी सरिन् ॥
काम्को सिद्ध गराउना कन सिता माया लियाकी थिइन् ।
काम् हो रावण मार्नको कुल समेत् त्यो सिद्ध पारी दिइन् ॥२९३॥