Jump to content

Page:Bhanubhaktako ramayan.pdf/131

From Nepali Proofreaders
Revision as of 16:50, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> रात्दिन् फौज चल्यो टिकेन बिचमा कोही कतै एक् घरी । विन्ध्याचल् कन नाघि फेरि मलयाचल् नाघि यस्तै गरी ॥ पौंच्या क्षार समुद्रका तिर महाँ डेरा प्रभूको पर्यो । वानर्क...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

रात्दिन् फौज चल्यो टिकेन बिचमा कोही कतै एक् घरी ।
विन्ध्याचल् कन नाघि फेरि मलयाचल् नाघि यस्तै गरी ॥
पौंच्या क्षार समुद्रका तिर महाँ डेरा प्रभूको पर्यो ।
वानर्को त्यति फौजले खचित भै सारा किनारा भर्यो ॥१८॥

वानर्को सब फौज् तहाँ हुकुमले तिर्मा जसै ता बस्यो ।
सागर् तर्न उपाय केहि न हुँदा मन्मा ठुलै ताप् पस्यो ॥
भन्छन् विर्हरु यो कसो गरि तरौं साह्रै कठिन् भो यहाँ ।
यो सागर् न तरी त जान न हुन्या हींडेर लङ्का महाँ ॥१९॥

सब् राक्षस् कन मार्दथ्यौं यहि बखत् सागर् तरी पार् गया ।
आपस्मा यति बात् परस्पर गरी जम्मा प्रभू थ्यैं भया ॥
सीताजी कन संझि संझि रघुनाथ् ज्ञानस्वरूपी पनी ।
लाग्या गर्न विलाप् अनेक् तरहले सीते कहाँ छौ भनी ॥२०॥

राम्को नाम फगत् लिन्या कन पनी सब् दुःख ताप् टर्दछन् ।
आफैं श्रीरघुनाथलाइ पनि क्या सन्ताप् कतै पर्दछन् ॥
सच्चित् रुप् परिपूर्ण अद्वितिय एक् आत्मा स्वरूपी पनी ।
गर्छन् मानुष भै लिला पनि अनेक् सूखी र दुःखी बनी ॥२१॥

कुदि कुदि सब लङ्का पोलि फेर् पुत्र मारी ।
बहुत विरहरूको सैन्य खुप् ध्वस्त पारी ॥
गरि कन सब भेट्घाट् फेर् हनूमान् फिर्याको ।
सुनि कन तहिं रावण् भै गयो नुर् गिर्याको ॥२२॥

उहि वखत महाँ त्यो मन्त्रणा गर्नलाई ।
सब विर कन ताहाँ डाक्न जल्दी पठाई ॥
वरि परि सब राखी मन्त्रि थ्यैं भन्न लाग्यो ।
कसरि सहज उम्की त्यो हनूमान भाग्यो ॥२३॥