Jump to content

Page:Bhanubhaktako ramayan.pdf/39

From Nepali Proofreaders
Revision as of 15:43, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया । कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥ जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् । राजा वृक्ष सर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया ।
कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥
जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् ।
राजा वृक्ष सरी गिर्या पृथिविमा यस्मा बहुन् जिद् गरिन् ॥१८॥

राम्लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी ।
द्वी वर्ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥
भोली येति कुरा भयेन त भन्या मन्र्याछु विष् खाइ म ता ।
भन्न्या येति कुरा सुनी फिरि गिर्या राजा जमिन्मा यता ॥१९॥

त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया ।
सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥
देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्यो क्या भनी ।
विस्तार पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥

राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी ।
वन्मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥
यस्ता बात् सुनि बात् गर्या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी ।
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्मा रही ॥२१॥

गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी ।
बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥
हे राम्चन्द्र मलाइ आज तिमीले बाँधेर राज्यै गरी ।
झुट्टा दैखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्तो गरी ॥२२॥

राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया ।
राजाको बुझियो र आशय तहाँ राम्चन्द्र माइ थ्यैं गया ॥
कौशल्या पनि भक्तिले हरिजिका ध्यान्मा रह्याकी थिइन् ।
राम्जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥