Jump to content

Page:Bhanubhaktako ramayan.pdf/31

From Nepali Proofreaders
Revision as of 15:24, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी । आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥ विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी । उत्पत्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी ।
आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥

विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी ।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ ॥११४॥

पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥

यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी ।
नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ ।
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ ॥११६॥

ताँदो यस् धनुको चढाउन जउन् विर्ले त सक्ला यहाँ ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै ।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥