Jump to content

Page:Bhanubhaktako ramayan.pdf/33

From Nepali Proofreaders
Revision as of 15:24, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी । आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥ पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी । राजाका मनमा विचार...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी ।
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥
पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी ।
राजाका मनमा विचार् यहि पर्यो छोरा बचुन् क्या गरी ॥१२४॥

यस्तो चञ्चल चित्तले परशुराम्का पाउतल्मा पर्या ।
मेरा पुत्र बचुन् प्रभो परशुराम् भन्न्या इ बिन्ती गर्या ॥
यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया ।
राम्को गर्व हरूँ भनी परशुराम् राम्कै अगाडी गया ॥१२५॥

कस्को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
भाँच्दैमा अति गर्व भी तँ कन ता धेरै कुरा क्या भनू ॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा ।
भन्दै खुप् रिसले रह्या परशुराम् राम्कै अगाडी खडा ॥१२६॥

ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू ।
सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू ॥
यस्ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्या ।
पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्या ॥१२७॥

यस्तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्ले अगाडी सरी ।
खोसी लीनु भयो धनुष् परशुराम्को त्यो बलैले गरी ॥
ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै ।
ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै ॥१२८॥

हूकुम् श्री रघुनाथको परशुराम्लाई भयो यो तहाँ ।
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् म हानू कहाँ ॥
चाँडो उत्तर देउ यस् बखतमा यस्लाइ लौ हान् भनी ।
तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी ॥१२९॥