Jump to content

Page:Ek chihan.pdf/88

From Nepali Proofreaders
Revision as of 08:00, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with ""राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिवनारानले भने ।

"उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।

"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिवनारानले भने ।

"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"

"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" शिवनारानले भने ।

"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइपठाऊँ त ?" लतमायाले सोधिन् ।

"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिवनारानले भने- "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिनामागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"

एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी