Jump to content

Page:Champa.pdf/30

From Nepali Proofreaders
Revision as of 22:32, 8 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अध्याय ३

चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

"आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"

"छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।"- ज्येठी बुहारीले टीका थपिन् ।

माहिलीले भनिन्- "आँखीभौँ नटिप्ने ता को होला र आजकल नाइँ ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर । झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मटानमा पलेँठोपछाडि कान थापिन् ।

"चौपट्ट ढाँचा है नेपालेका छोरीका त"- पोख्रेलपुत्रीले टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्- "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

"ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन् । "कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम छ ।" सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्- "कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन तर !"