Jump to content

Page:Champa.pdf/53

From Nepali Proofreaders
Revision as of 00:08, 7 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with ""खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !" "म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?" "सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

"खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !"

"म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?"

"सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !"

"कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"

"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्‍याछन् रे ! बाबा ! यो कुन सहरियाकी पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्‍या थिइन मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई !

बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।

"यो केको रढाको हो ए ! मध्यरातमा ?"

तब बेली वृत्तान्त चले ।

"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"

"मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो आजमाउन जान्ने हुँदा रान् ।"

चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो ।

सासू झन्‌-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए ।