Jump to content

Page:Shakuntala.pdf/144

From Nepali Proofreaders
This page has not been proofread

म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥
प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
(२१)

हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(२२)

खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)

घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान धाप ॥
श्रवण ग्रषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)

पछिपछि मत हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झौंकका कामकाज ।
अमर वन-विह्वारी बन्छु झन्‌ देवराज ॥”
(२५)

अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)