This page has not been proofread
चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन् मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन् अझ सँगी मनोहर ॥
(५१)
"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन् मधुर उत्तप्रदा॥
«यो पुकार गर भारतेन्दुमा ।
सद्गुणी विशद रल्नसिन्धुमा ॥”
(५२)
युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भूङ्ग चहार्दछ; रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस॥
(५३)
सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदध्यो भंवरो बरो ।
(५४)
सुन हुँदा नहुँदा दिवस प्रभा ।
भई अलि कोमल ॥
कमल रस मञ्जुल।
कुसुम देख्छ कपोलं सुडोलमा ॥
(५५)
कर गरेर गरे करले पर ।
वर वरै भैँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)