This page has not been proofread
सुवासको मग्मग रङ्ग भैतरु।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वननैहँसाउँदो ।
त्यस्तै थिए सुन्दर ती परीहरू ॥
(१८)
(रषोद्धता)
एक छन् बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन् तरुणभाववैभवा ॥
(१९)
छन् तृतीय गणना सुखास्पदा ।
कोमला र अनसूय-भावदा ॥
छन् सुकोमल शकुन्तला$भिदा ।
अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन् चतुर्विधा ।
(२०)
स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चाए-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
गर्नलाइ चतुरी प्रियाश््धरा ॥
गर्दछिन् मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा ॥
मोहिनी मृदुल-भार-मन्दिरा ।
(२१)
“बोल्दिनौ किन सँगी ! शकुन्तला ?”
'झुक्दछन् नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
(२२)