विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उम्रीरहेछन् जल झ्याउ चल्मल ॥
विचित्र छन् जन्तु जहाँ सुशीतल ।
ती पीङका सुन्दरता सफा सफा ॥
पानी भरेका मृदु दाँत कोमल ।
लिएर मुस्के मृदु बैंसका फल ॥
सौन्दर्यको वारिधि वन्यमा तल ।
(१५)
जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)
जहाँ शाशीको छवि हुन्छ टाकुरा ।
सेतो उज्यालो हिउँका शरद् सफा ॥
ती भाल हुन् कोमल, कर्ण-कन्दरा ।
ती केश हुन् कृष्णलता हराभरा ॥
गला त्यही हो जुन छन् त्यहाँ चरा ।
(१७)
श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेरूँ भनी चारु खुलस्त माधुरी ॥
लुकेर वृन्दावनबीच झाँगमा ।
जो देखिनेछन् मृदु गोपिनीहरू ॥
Page:Shakuntala.pdf/123
Appearance
This page has been proofread
