This page has not been proofread
घनु छ हातमा कोष पीठमा ।
नगलमा बसे बक्बके अन ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
अश्व चल्दछन् अग्र प्रेरित ।
«रथ सिँगारको चल्छ तीपछि ॥
छन्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)
पद हजारका वबाद्य बज्दछन्।
चालमा मिली बढ्दछन् अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्! वाद्य रुन्झुने ॥
'धुँ धुँ घुँ' गर्दछन् तालमा मिली ।
पयर चल्दछन् लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिषुसरर।
जनसमूहको आउँदा ॥
वाद्य छन् जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि भर्दछन् ॥
(४२)
'कनकयानमा सूर्यतुल्य ती ।
घनुष हातमा रश्मि झैं शर ॥
कूरताहरू मार्न चल्दछन् ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)