कल्पना
१. 'तिनीहरू त्यो भित्री आँखामा झल्कन्छन् जो एकात्तको आनन्द हो;'– बर्डस्वर्थ
म त्यही भित्री आँखालाई कल्पना भन्दछु ।
२. वास्तवमा कल्पना आँखा जस्तो छे; त्यसले वस्तुका रङ्गरूपको चित्रण ठीक त्यस्तै किसिमसँग गर्दछे, जस्तो आँखाले गर्दछन्, तर जहाँ आँखाको काम खालि उपस्थित दृश्यमान वस्तुको प्रतिबिम्ब यान्त्रिक तबरले दिनु मात्र छ, कल्पनाको क्रिया अनुपस्थित वस्तुको याथार्थिक या परिवर्तित रूप दर्शाउनुमा रहन्छ । मेरा आँखाले भएको कुरा मात्र देख्तछन्,'ती नजरसामुन्नेका, तर म काठमाडौंमा हुँदा डिल्लीबजारको दृश्यमा मेरा बाह्य आँखा अन्धा हुन्छन्, र डिल्लीबजारमा हुँदा काठमाडौंको तरफ कुहिरा हुन्छन्, भौतिक प्रकाशका लहरले जहाँ छोइन्नन्, त्यहाँ यी चर्मचक्षुलाई न रङ्ग छ, न रूप !यी मासुका लेन्स हुन्, यन्त्र हुन्, दर्शक होइनन् । तर त्यो भित्री आँखा जसलाई म कल्पना भन्दछु- दार्शनिक दृष्टिले जड ठहराइए पनि कविताहरूको भावुक चेतमा सजीवर सुन्दर छ, उसलाई वस्तुको उपस्थितिको जरूरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर र क अनुपस्थित वस्तुहरूको सूक्ष्म स्वरूप सत्यप्रदर्शन गर्दछ । क काठमाडौंमा डिल्लीबजार अन्धो छैन, न त उसलाई वस्तुको याथार्थिक सीमितत्वले बाधा बनाउन सक्तछ, किनकि सृजनात्मक परिवर्तन गर्नु उसको सहज सामर्थ्यभित्र छ, आँखा भएको मान्छे अन्धो हुन सक्तछ, यदि उसमा कल्पना शून्य होस् तर कल्पना भएको मान्छे अन्धो हुन सक्तैन यद्यपि उसमा आँखा नहोस् ।
३. कल्पना भन्ने शब्द क्रिया र शक्ति दुवैको सम्बन्धमा उत्तिकै प्रयोग गर्न सकिन्छ, तर क्रिया होस् या शक्ति होस्, कल्पना उत्तिकै जादूगर्नी छ, यसको एक चुट्कीमा सहस्ररजनीका जीवहरूले अन्धकारभित्र