थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सारा जगत अब कालो तिमिरता । निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ उज्यालो भो यौटै कमलदिलको, भै । बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ (३०) गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥ उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ (३१) हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले । गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । अशोकै छन् यौटा कि त अघि थिए कैशिक यिनै ॥ (३२) परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । करोडौं सेना छन् समर पनि छन् शान्त रणमा ॥ यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥ (३३) परीका गाला झैं रसमधुर प्यालाहरु लिई । विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥ सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ (३४)
Page:Shakuntala.pdf/20
Appearance