चेतको चमत्कार हो; जस्तै : जूवाचेत पनि साह्रै लाभदायक हुन्छ र यो समभझविना जूवा खेल्ने मानिसहरूलाई जूवा खेल्न जान्नेले मनमनै मूर्ख ठहत्याउँछ ।
एकदिन मलाई हिसाब पढेको काम लागेको छ। एक जना इञ्जिनीयर र म कोजाग्रतमा जूवा हेर्न गएका थियौं, दुवै जनाको पाकेटमा एक-एक मोहर थियो। मैले सूचना गरेँ कि 'शिक्षित पुरुषहरूले यस मौकाको खेलमा गणितात्मक सूक्ष्म विज्ञानको उपयोग गरेर साधारण मनुष्य जूवा खेलिरहेका ठाउँमा अलिकति श्रेष्ठतापूर्वक रुपियाँ निकाल्न सकेनौं भने ता हामीले पढेकै व्यर्थ भयो ।' तब बस्यौं एक खालमा र इञ्जिनीयरको पाकेटबाट एउटा कागज निकालेर जूवाको नक्सा बनायौं दाउहरू बराबर तवरसँग बाँडिएका छँदैछन्, यद्यपि चौकाले अलिकति आधिक्य पाएको छ, तब सोह्र कौडीको उलटपुलटमा यस नियमको दुनियाँमा नियमै पाउन सकिन्न भन्न सकिन्छ र ? यहाँ सम्भावनाको गणित लाग्दछ । सबै दाउहरू उत्तिकै बराबर पर्ने सम्भावना राख्तछन् । जो ज्यादै परिसकेको छ, त्यो फेरि पर्ला भन्ने सम्भावना कम हुन्छ । जो ज्यादै कम परेको छ, यो सबभन्दा ज्यादा पर्ला भन्ने सम्भावना छ । तब खिंच एउटा रेखा र सरको दुप्पाले दाउहरूको आवतजावत रभेटघाटहरूको नमूना बनाउन सम्भावनाको अन्दाज राखेर निश्चित तवरले यही दाउ पर्ला भन्नेजस्तो भएको बेलामा पहिला मोहर राखिहाल । त्यो खाइदियो दोस्रो मोहरको भाग्यपरीक्षा गरुँला, त्यो पनि खाइदियो भने आफूलाई गरीब नठानौं, घरतिर फकौंला । वल्भियो भने हाम्रो रुपियाँको जीवनचरित्र शुरू भइहाल्यो । दुईचार बाजि अन्दाज ठीक भएर बल्झिएपछि त सम्भावनामुताबिक मोहर-रुपियाँ डब्लिने मौका दिँदै जाउँला । त्यति मात्र पनि होइन, जब पाँच रुपियाँ हुन्छ एक मोहर निकाल्यो र नौ मोहर खल्तीमा दाखिल गन्यो र खतराको मात्रा कम गराउनलाई त्यस एक मोहरलाई उही पहिलेको रुपियाँसँग एक जीवनयात्रा दिएर सफल भए फेरि दश रुपियाँसम्म त्यसले ल्याउँला । अनि तेस्रो कममा चौध रुपियाँ पाकेट दाखिला गरेर एक रुपियाँलाई नवीन इतिहास शुरू गर्न लगायो- बीस रुपियाँ नहञ्जेलसम्म । तर रिस-राग नगर, सम्भावनाको नियमपछि चल, तर नरन्केक । यही सल्लाहमुताबिक हामी खेल्न थाल्यौं, धेरैजसो पहिला थपनी चौथा हातमा राख्तथ्यौं । दिन बित्यो, साँझ पन्यो, बत्ती