जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें, नेपाली बोल्नेसँग बोल्दैनथें, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहटसँग उद्गारित हुन्थेँ । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्, भावै व्यक्त हँदैन, मानौं नेपाली विद्वान्को भाषा नै होइन । नेपाली बोल्दा जिभ्रो लद्पटिन्थ्यो, जसलाई मैले तेद्र वर्षको तालीममा मालिश लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें । नेपाली बोल्दा लाटो-लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरू देख्ता 'फसिल' जस्तो लाग्दथ्यो; ज्यादै प्राना; आधुनिकताको उज्यालो नपुगेको कट्टर बिज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी स्ष्प्तिलाई तिनका थाप्लामा हालेर मनमनै भन्दथें, 'तिमीहरू कस्ता संक्चित " तर आफू पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र संस्कृतिमा श्रद्धा थियो तैपनि 'केही पुगेको छैन वा केही थप्नु, सुधार्नु, बढाउनुपर्छ' भनेजस्तो लाग्थ्यो । म भन्थें 'खै फुर्ती तिनीहरूमा ? काउसो जस्तो, टाँसिए टाँसिए ।' अंग्रेजीमा म ती विचारहरूलाई व्याख्यान छाँदन पाउँदैनथेँ, अफसोस !
म सुधार गर्न चाहन्थेँ, नवयुग ल्याउन चाहन्थेँ । कस्तो ? जहाँ सारा नेपालीहरू अंग्रेजी बोल्न सक्न् । अंग्रेजीमा लेखहरू लेख्न सकून्, भौतिक र रसायनका किताबहरू पढेर नवीन आविष्कार गर्न सकून्, मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून्, जहाँ वैद्यहरू रसायनका फर्मुला जानून्, जहाँ मान्छेको सुखको जीवनको कक्षा बढोस्, जहाँ नेपालीहरू विज्ञापनका राता-राता भँगेरटाउके अक्षरले संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून् । म के सुधार गर्न चाहन्थें म भन्न सक्तिनँ ।
मैले लेख्ने बानी नगरेको भए म बिलक्ल बेकम्मा गधा हुने थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि देश, काल, परिस्थिति बुझ्दै-बुभ्दै आएँ, तर अंग्रेजीले अझ मलाई अनुवाद र नक्कल