[मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन
र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण-विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो
क्रा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई
परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिँदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण-
मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ ।
यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म
भाबानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराद् मूर्ति जस्तो लाग्छ ।
मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा
एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक
विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे बेदान्तीको काल्पनिक शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौं । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौँ । मूर्तिमत्तालाई टाढा जानु पर्दैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ।
मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्- सत् शिव सुन्दरका सभामा ।
जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही
स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।
त्यहाँ अमृत छ, दुःखको अभाव! मूर्तिमत्ता भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या वैकुण्ठ हो । मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ। रासायनिक संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैनरु । ष्य
अभिप्रायसंपन्न छ । मत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौ ।
पाँचौटा चाहिने कुराहरू” २९