Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/118

From Nepali Proofreaders
Revision as of 15:41, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} तिमी जान्ने सुन्ने मनुज चतुर, हामि बिचरा ::चरा साह्रै साना अबुझ, वनका केवल किरा । तथापि श्रद्धाले झुकि विनति गर्छु म सरस ::वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि न...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
तिमी जान्ने सुन्ने मनुज चतुर, हामि बिचरा
चरा साह्रै साना अबुझ, वनका केवल किरा ।
तथापि श्रद्धाले झुकि विनति गर्छु म सरस
वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि नकस ॥

(९)
खुला पारी राम्रोसँग नयनको भित्र नयन
विचारी यो सारा गृह-विभवको चञ्चलपन ।
दयालू भै रोऊ मिलिजुलि सबै बान्धवसित
भलो होला जाऊ, रिस नगर रन्केर मसित ॥

(१०)
कुनै पल्टेका छन्‌ मलिन मुख लाई रुखमनि
कुनै रुन्छन्‌ बाटो-बिच नमिलि सानू रुख पनि ।
कुनै भोका शोकाऽऽकुल मरिरहेछन्‌ नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक यो तुच्छ घरमा ॥

(११)
त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयन
यहाँ यो डण्डीमा बसि बसि म चिम्लन्छु नयन ।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अघी मेरो भन्ने कति कति- गए ती सब गन ॥