Jump to content

Page:Laxmi nibandhasangraha.pdf/16

From Nepali Proofreaders
Revision as of 21:38, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सक्ने । म बाटामा तरग गर्दै जान लागें । यो तुषार...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले

तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई

बढाउन सक्ने ।

म बाटामा तरग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोसनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको

नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि

मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले

करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो

होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि

तुषारोले चिथोरेका थोरै पत्तीहरू झैँ उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू

निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि

कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।

मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको

लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट

थियो, ती आँगहरू भ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चियरे घेरालाई शिरपोश

मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको

नवीनतालाई,

अध्ययनलाई,

तिनका

सुधारलाई,

तिनका

जीवन

सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुन्याउने थिएँ । कति कुरा आफैँ थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो

र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थेँ । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर

सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌, पहाडी जीवन/७