Jump to content

Page:Bhanubhaktako ramayan.pdf/35

From Nepali Proofreaders
Revision as of 15:24, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी । मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥ देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी । प्रेम्का...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी ।
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥
देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी ।
प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी ॥१३६॥

येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ ।
सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ ॥
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी ।
भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी ॥१३७॥

बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै ।
एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै ॥
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् ।
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥

सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया ।
कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया ॥
सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी ।
चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी ॥१३९॥

इति श्रीबालकाण्ड ॥