Jump to content

Page:Laxmi nibandhasangraha.pdf/209

From Nepali Proofreaders
This page has not been proofread

मान्छेलाई घडीबाट हानि

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो समय देखाउने चीजहरूमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन । समयको संकेत पनि थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्‌ छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक संकेतहरूबाट समयको विचार गर्न मानिसहरू हामी जस्ता लापरबाही थिएनन्‌ र यो कुरा स्पष्टतया बहसविना मालूम हुन्छ कि घडीको आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।

हामीहरूले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं । हाम्रो मगजमा मेशीनको अत्याचार बढ्योर स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा बञ्चित छ । घडीविना विचार गर्ने व्यासजी बने, घडी लिएर बिचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन्‌ । हामी यन्त्र बनाउँछौं, उनीहरू मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालीममा काम गर्नुपर्दछ, पहिलेका मान्छेहरू प्रकृतिका संकेत र सूचनाहरू पाएर विशालको तालीममा काम गर्दथे ।

प्राचीन युगमा मनुष्यहरू त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरू समयलाई यसरी पार्दैनये र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत ॥ हाम्रो आंशिक दृष्टि छ, उनीहरूको समष्टिरूपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा त्रषि