पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौँ !- किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको नबीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ ! जुँघाका दुप्पा-टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशीनका काइयाँले जम्मा गर्देछन् । त्यही विचारले होला मेरा औंला जुँघाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन-शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।
वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नेलाई सबभन्दा सजिलो उपाय हन्छ- जुँघा वटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही-कोही आँखा पल्टाएर जुँघाका टुप्पालाई बटारबुदुरको सास्ती दिंदा-दिंदा आखिर आफ्ना समस्याका हलमा आइपुष्छन् कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमका आत्म- सूचनशक्ति मिल्छ । यो कुरा घेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल-असल मगरहरू- जसका नास्ति जुँघा न दाह्री ।
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जतिजति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो रेखी बस्तै जान्छ । जतिर्जात मर्दले संसार बुभ्दै गयो उतिउति त्यो लम्बिदै जान्छ र जतिजति पुरुषार्थ गर्दै गयो उतिउति त्यो सम्मिदै जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हेरै त' भन्ने दुश्मनको हाँक हुन्छ । स्यालका 'जँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लुक्क उफन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले पनि जुँघाको महत्त्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ।