आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ! एक-एक किसिमका एक-एक डफ्फा एक-एक पक्षमा लागिरहेछन् र अदृष्टको हुकूममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर भित्रभित्र । मलाई-तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको हुकूमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने नियम राखिएको छ।
जूवा लागेको वेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त जुवाडेका आँखा बडा तीखा हुन्छन् र भूइँमा कौडी पर्नुभन्दा अगि नै उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको वेलामा या ज्यादा तोड लागेको वेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरू देख्तैन । एक-दुई कौडी घोप्टो-ठाडोसम्म बिलकुल नदेखिने वरावर हुन आउँछ । यस बखतमा कौडी हान्नैले बराबर पैसा सोहर्दछ र झगडाहरू चल्छन्, तर सबभन्दा मजाको वेला त्यस वेला हुन्छ जब कौडी आड परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले-कहिले निश्चित तवरले मुद्दाको फैसला गर्न नसकेजस्तो थाहा हुन्छ र यता ढल्काकँ कि उता ढल्काउँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहालेजस्तो बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढड्गले उलटपुलट खाएका कीडीहरू दुई पक्षको द्वन्द्वयुद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरू फैसला गरेर उठ्तछन् ।
जूबाको नाटकीय रोचकतासाथसाथै निखरा खेलको रूपमा पनि यसको मजा लिन सकिन्छ, यसका हानि-लाभबाट अलग रहेर खालि मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । “सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ” भन्न सके जूवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक अवस्थालाई संकट पर्ने गरीकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता नदेखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै मनोरञ्जन प्राप्त गर्न सकियोल् । जूबा थैलोको महत्त्वमा रहँदैन, तर