मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन् । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । तर दाँजेर हेर, मृदुले छोएका क्षणहरू र क्र्रको पर्गिलिदो रक्तस्वाद- मानव-जिश्चोमा ! त्यहाँ आसमान जमीन छ !
खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैँ नखसुञ्जेल टिप्नु स्वार्थको हात लम्बाएजस्तो लाग्दछ । कोही क्रषिहरू बोटमनि फल झर्नको आशामा चातक झैं बस्ताहन् । उनलाई टिप्न गाह्रो लाग्दो हो, कन्दमूल खोस्रने मन्त्रहरू होलान्, जस्तो समिधा काट्ने र भात खाने । क्रषिहरू खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदाहुन्। स्वार्थ घुसेको खाना अँध्यारो खाना हो ।
क्रषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा संसार कस्तो कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा सिल्मिलाउँदा जीवनहरू खालि 'खाँ ' खाँ ! खाँ !' गरेर मुख बाउँदै दाह्वा किद्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिदै गरिरहेको घीनलाग्दो नाटक देखिंदो हो। दुनिया खाँ खाँ-मा छ । उता चोर्छ, उता घूर्त्याइँ गर्छ, उता हत्या, मास् सिंगाछ-कालका निमित्त ।
क्राषिको आत्माले भन्दो हो, 'हाय ! अन्धा जीव हो ! यो उचाइमा अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ । यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरू बज्दछन् ।'
आत्मौपम्य नै क्रषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादूमा मेरो विश्व र ब्रह्म छ। म अरूलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म अरूबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार छैन । मलाई त्यस बेलासम्म जिउनको अधिकार छ, जबसम्म म परजीवनको आदर गर्न सामर्थ्य देखाउँछ । तब यो जीवन चोरी हो, डकैती हो, तर यसलाई सत्य र धर्मको तत्त्वमा बलिदान दिएर पखालिने मौका नदिएको भएम मुर्दा भइसक्ने थिएँ ।