Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/44

From Nepali Proofreaders
Revision as of 11:31, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''काल-महिमा'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ::इन्द्रै बिन्ति गरून्‌ झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
काल-महिमा

(१)
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरून्‌ झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ।
थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो
खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥

(२)
राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।
लाखौँ औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो
व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ॥