Jump to content

Page:Shakuntala.pdf/311

From Nepali Proofreaders
This page has not been proofread

च्न्ोननिन्‌ मानो कोही सुरयुवति जस्ती तल झरी ।
रुझेकी लाटी झै गहन वनमा के गरँसरि ॥
घरामा झर्ने जो जुटि स्रपुरीको महलका ।
सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
(२०४)

कठै ! कस्ती दुःखी कठिन जगको जाल नन्ुझी !
त्यसै फुल्दै हिल्दै सरलह्ृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन्‌ हाय बनुरी ।
यहाँ बज्जै चड्केसरि हन गइन्‌ कोमल परी ॥
(२०५)

"चिनो के रै तिम्रो ?"" नृपत्रि तब बौले उनतिर ।
"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन्‌ ।
"कहाँ गो औँठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
(२०६)

"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
हिँडौं आमा ! हामी अब लुखिरहन्‌ मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हन्छ नृपते !
उमिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
(२०७)

भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
बसे ढोकामा ती "जननि हिँड" भन्दै कर गरी ॥
"कहाँ गो औंढी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
"हरे ! खै त्यौ आमा ! न त विधि भयो चोर प्रखर ॥
(२०८)

अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
उड झै हन्छिन्‌ ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
जरूरै चीसो त्यो सरतिर निठुरी हरि ! हरि !"
(२०९)