This page has not been proofread
सम्झ सम्झ नृपते ! कमजोर ।
क्ुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
धर्मको जुटिविषे लिन जान ॥
(७१)
नत्र गिर्दछ तलेतल आत्मा ।
सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिन म दुष्ट दुरात्मा ।
कीर्तिको यति निनाद सुनेर ॥
(७२)
देह जान्छ पछि हुन्छ खरानी ।
यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
घर्म हो, यति नत्याग्नु रहेछ ॥
(७३)
मेटिँदैन नुझ दाग खरान ।
एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
पर्छ त्यो प्रलयसम्म पखाल्न ॥
(७४)
सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्य छोड्नु बहुतै छ खरान ॥
सत्यले मुकटको मणि दिब्य ।
घाउ लाग्छ यसमा तल भर्दा ॥
(७५)
भूप हुन् सुक्रतिका अवतार ।
दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
तुल्य हुन् अनृत वेश लिएका ॥
(७६)