This page has not been proofread
(६)
ल्मे ल्मे हरलामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
अक्षर अक्षर देख्यो फलफुल चाङ्ना सुकमारी ।
जपना सपना बिपना उसका फुल्न लागे भारी ॥
(७)
कन् फुन् बन्दै गयो मैन शरीर उसको सारा ।
अन्धकारले ठाउँ छोडघो बर्स्यो अमृतधारा ।
जून झैं शीतल ज्योति निकल्यो मगजबाट सारा ॥
(८)
देख्न लाग्यो चाङना अब रानी लूनी ज्योति ।
भगवान् बुद्ध चन्द्रमा झैँ आकाश बल्ने माथि ।
सारा संसार तिनमा बस्यो ज्योति जस्तो जाति ॥
(९)
आखिर तिनी लूनी रानी सजीव बन्दै गइन् ।
बरिपरि नाच्ने मूर्ति पहिरो हुन गइन् ।
सपनामा मीठा मीठा सन्देश बोल्ने भइन् !