This page has been proofread
(ड)
(१)
ह्लानो ह्लामा दिन दिन देख्छ
लूनी वैलेकी ।
'शरद्कालको फूल झैँ गल्छिन्
छैनन् पहिलेकी !
(२)
आँखा उनका परदेशमा
रोगी गौँथली
चिम्लूँ चिम्लूँ जस्तो गर्छन्
चम चम नबली ॥
(३)
केश उनका वैले जस्ता
आकाश लता छन् ।
ओठ उनका पालुवाका
सुक्दा दशा छन् ॥
(४)
काँढा छाडी जाने फूल झैँ
हेर्ने नजरलाई ।
आर्कैतिर फर्के जस्ती
प्रेमको शहरलाई ॥