आफ्ना गाउँमा कूवा खनायेको क्रा गरेछ । यसो गर्दा धर्म पनी हुने तथा पछी सम्म फलानाले खनायेको इनार भनी आफ्नो नाउँ पनी चल्ने भनेर पनी उसले भनेछ। घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठुलो प्रभाव परेछ । म सँग सबै थोक पुगी सरी आयेको भये ता पनी मैले न धर्म गर्न सकेको छु न आफ्नो नाउँ नै चलाउन सकेको छु भनी उनी उद्देग पूर्ण भयेछन् । यही भावनाको परिणामस्वरूप उनले तत्काल दुई बटा कविता लेखे । ती इनै हुन् ।
भर् मन्म धाँस तिर मन् दिइ धन् कमायो । नाम् कौ रहोस् पछि भनेर कुवा खनायो ॥ घाँसी दरिति घरको तर बुडि कस्तो । मौ भानुभक्त धनि भै कन आज यस्तो ॥१॥ भैरा इनार तन त सत्तल पाटि कै छन् । नै धन् र चीजहरू छन् घर भित्र मै छन् ॥ तैस् घाँसिले कसरि आज दिवैछ गर्ति । धिक्कार हो मकन बस्नु न राखि कीर्ति ॥२॥
अब भानुभक्तले काव्य-रचना गरी लोक-सेवा गर्ने निश्चय गरे । नेपाली भाषामा रामायण लेख्ने उनको विचार भयो । सन् १८४१ तिर बालकाण्ड लेखी पती सकियो । पहिलो झोंकमा यती काम भये पछी रामायण लेख्ने काम केही कालका निम्ती थन्कियेर बसेको बुझिन्छ ।
सन् १८४९ भा भानुभक्त पहिलो पटक नेपालको राजधानी काठमांडु बा कान्तिपुर आये । यौटा छिमेकी सँग जग्गाका विषयमा झगरा परेको हुनाले तैसैका सम्बन्धमा मुद्दा गर्न उनले काठमांडु आउनु परेको थियो । यो समयमा बालाज्युको वर्णन तथा कान्तिपुरको वर्णन भयेका भानुभक्तले लेखेका देशभक्तिपूर्ण कविता अध्यावधि अत्यन्त प्रसिङ छन् । काठमांडुमा तिसाफ हुँदा भानुभक्तले झगरा जीते । यसका सँगसँगै दरबारमा पनी उनको प्रवेश भयो तथा उनले मुख्त्यार जंगबहादुरका भाई कृष्णबहादुरका ढोकाको आश्रय लिये । फलस्वरूप सन् १८५० मा जागीर पाई उती मदेस तिर आये । दुई वर्ष जागीर खाई कागतपत्र बुझाउन न सक्ता उनलाई कुमारीचोकले थुन्यो । भयालखातमा