Jump to content

Page:Bhanubhaktako ramayan.pdf/8

From Nepali Proofreaders
This page has not been proofread

_बस्ता उनको प्रथम प्रेम उनका हृदयमा फेरी प्रस्फुटित भयो र उती भयालखानमा नै रामायण लेख्न थाले । उनी”५ महिना थुना परेका थिये तथा यसै अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दरकाण्ड रामायणको रचना गरे । फेरी अर्को वर्ष युद्धकाण्ड तथा उत्तरकाण्ड काठमांडुमा नै लेखी रामायण समाप्त गरियो । यसरी नेपाली साहित्यको यो अष्ितीय ग्रन्थ ११ वर्षमा समाप्त भयो ।

रामायण समाप्त भयेका केही पछी भानुभक्तले प्रश्नोत्तरी तथा भक्तमाला नामक आफ्ना प्रसिद्ध कविताहरु बनाये । भक्तमालाका प्रथम १५ श्लोकको मात्र पाल्पामा गरियेको संस्कृत अनुवाद पाइयेको छ । पछिल्ला ७ श्लोकको संस्कृत अनुबाद न गरियेका कुराबाट ती पछी रचना गरियेका कुराको अनुमान हुन्छ । यसको कारण मैले यो सम्बन्धमा सुनेको यौटा कुरा हुन सक्छ । आफ्नो नाता पर्ने कुनै यौटी महिला विधवा भयेका समयमा भानुभक्तले भक्तमालाका पछिल्ला ७ श्लोक लेखी भक्तमाला समेत उनलाई पाठ गर्न दियेका हुन्‌ भन्ने कुरा बाल्यावस्थामा मैले सुनेको हुँ ।

सन्‌ १८४९ देखी पछी भानुभक्त बराबर काठमांु आउनु तथा वहां निकै समय सम्म बस्न लागेका थिये । उनी पहाडिया बाट सदरिया भयेका थिये । काठमांडुमा अचेल जहाँ वीर अस्पताल छ तेही ठाउँमा उनको आफ्नो घर वा डेरा थियो भन्ने कुरा पनि सुनियेको छ ।

एक चोटी सन्‌ १८६२ मा काठमांडू बाट तनहुँ जाँदा बाटामा तारापति उपाध्याय नामक आफ्ना मित्रका घरमा भानुभक्त बास बसे छन्‌ । राती त्यो घरमा सासुबुहारीको बाझाबाझ परेछ । त्यो सुनी उनी उठेछन्‌ र सोही रात भरीमा ३३ श्लोक भयेको वधृशिक्षा नामक कविता भानुभक्तले लेखे छन्‌ तथा सो कविता उनीहरूलाई पढ्न दिये छन्‌ ।

अध्यात्मरामायणका सातै काण्ड लेखियेका भये ता पनी अझ सम्म रामगीता लेखियेको धियेन । सन्‌ १८६८ मा तनहुँमा आफ्ना घरमा मृत्यु हुनु भन्दा अघी रोग शय्यामा सुतेर उनले तेसको पनी रचना गरे । सुती सुती उनी कविता भन्थे औ उनका एकमात्र पुत्र रमानाथ सो लेख्थे । भानुभक्तको निश्चित