अङ्गरेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केहि महिना अघी सन् १८१४
अर्थात् आषाढ २९ गते संवत् १८७१ का दिन भानुभक्तको जन्म भयेको हो ।
पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रमघा ग्राममा इनको
जन्म यौटा सम्पन्न तथा सम्भ्रान्त ब्राह्मण कुलमा भयेको थियो । त्यो अञ्चलमा
श्रीकृष्ण आचार्य नामक एक जना ब्राह्मणले निकै ख्याति तथा मर्यादा प्राप्त
गरेका थिये । इनका छ भाई छोरा थिये । ती मध्ये जेठा धनञ्जयका एक मात्र
पुत्र भानुभक्त हुन् । ज्येष्ठ पुत्र तिरको नाति भानुभक्त आफ्ना बाजे श्रीकृष्ण
आचार्यका विशेष रुपले प्रियपात्र भयेको बुझिन्छ ।
सरकारी जागीर खाई भानुभक्तका पिता खरदार मयेका थिये । यो कारणले तथा जेठो नाती भयेको हुनाले पनी होला भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका लालन-पालनमा हुर्के । इनको आरम्भिक शिक्षा पनी इनका बाजे श्रीकृष्ण आचार्य द्वारा नै भयेको थियो । संस्कृत साहित्य तथा व्याकरण सँगसँगै इनले ज्योतिष पनी पढेका थिये । पुराण भन्न सक्ने तथा चिनाचपेटा बनाउन जान्ने हुनु नै तिन ताकका ब्राह्मणकुमारहरुको शिक्षाको साधारण उद्देश्य थियो । भानुभक्तलाई पढेको कुरो छिटै आउँथ्यो तथा १२ वर्षका उमेरमा नै जन्मपत्रको तत्व इनी बुझने भै सकेका थिये । यो कारणले इनी मेधावी बालक थिये भन्ने अनुमान हुन्छ ।
इनी २२ वर्षका हुँदा इनका जीवनमा यौटा यसतो प्रभाव पन्यो जसले गर्दा भानुभक्तका हृदयमा कविताको प्रेम उत्पन्न भयो । एक दिन बनमा इनी रुखका छहारीमा बसेका वेलामा यौटा घाँसी सित इनको भेट भयेछ । कुरा कहानी गर्दा त्यो घाँसीले आफ्नो अल्प कमाईबाट खाईलाई जगेरा गरेको पैसाले