Jump to content

Page:Shakuntala.pdf/265

From Nepali Proofreaders
This page has not been proofread

मिलेन अन्धकारको वशा ॥आज छैन सम्झना कि को तिमी म चिन्दिने ?
भन्दछन्‌ कि ! या चिनेर भन्दछन्‌ कि भेटिन ?
ह्वैन ह्वैन छैन चित्त हाय ! कुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्भिएर सम्भझिएन ! क्या तरङ्रिणी भई ।
शोच गर्छ यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)

मिरमिर भा अब साँझ झमक्क ।
तिमिर॒ भो तम भो ढकमक्क ॥
पिलपिल छन्‌ उड पड्ख सुषुप्त ।
विधु नभमा" तर स्वर्गृह गुप्त ॥
(२७)

हर हर चल्दछ तीर प्रवात ।
स्रभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ थून्य छ मिर्मिर खालि ॥
डर पनि लाम्छ धकाद्व छ साथ ।
(२८)

निकट छ एक सरोवर हेर :
टलपल वञ्जअ छ छन्‌ उड योर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दख उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल भयाल । अरू घर छैन ।
अब पर बढ्न्‌ त व्यर्थ हँदैन :
(२९)

अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरै र्‌ उठेर ॥