This page has not been proofread
(३३)
प्रभुबाटै मिलेको छ चिताएको टपाटप
छैन दोस्रो महाराज ! लोकमा कल्प-पादप
(३४)
अलिकति कतै छैन राज्यमा रोगको गति
मरेको छ धरानाथ ! जराले दुनियाँ जति
(३५)
राजेन्द्र ! दुनियाँ नाम भए तापनि वास्तव
दुनिएको कतै छैन फुकेकै छन् प्रजा सब
(३६)
अनेकता कडा त्यस्तो, खडा त्यस्तो छ एकता
धन्य कस्तो चमत्कारी प्रभुको नीति-निष्ठता !!