Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/303

From Nepali Proofreaders
This page has not been proofread
श्रद्धाऽऽञ्जलि

(१)
अग्ला अग्ला उज्याला हिमगिरि-चुचुरा मौलि-माला समान
जस्का छन्‌ गर्दथ्यो जो समर-विजयमा गर्व यद्वा गुमान ।
त्यै शंल प्राय हाम्रो प्रबल-विदित यो राष्ट्र नेपाल खास
हामी कोटि प्रजाको निहित छ यसमा जिन्दगीको विकास ॥

(२)
आफू सानै छँदा यो प्रबल भरत झैँ सिंहका साथ खेल्थ्यो
जो जो हुन्‌ आइलाग्ने रिपुहरु उनमा जाइलाग्थ्यो धकेल्थ्यो ।
वैरी भाग्थे दगुर्थे बहुत पर पुगी दीर्घ निःश्वास लिन्थे
सम्झन्थे जित्नलाई कठिन जब अनी मित्र बन्थे नुहुन्थे ॥