This page has not been proofread
(२७)
शिक्षा-वंश विचाराऽऽदि देखिन्छन् सब उन्नत ।
कहाँबाट मिल्यो राजन् ! नम्रता गुण विस्तृत ??
(२८)
कु-शाऽऽसन[1] फिँजारेर बस्ति[2]-पीडा गरीकन ।
ऋषि लागे महाराज ! बलले चक्र[3] चालन ॥
(२९)
पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो ।
बिउलाई पनि छैन कतै अन्यायको जरो ॥
(३०)
रोक टोक कतै, छैन खुला छन् ती दशै दिशा ।
मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ??
(३१)
अन्याय भो महाराज शकिँदैन बताउन ।
सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ??
(३२)
महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट ।
प्रभुका नामको मात्र परेको छ लुटालुट ॥