This page has not been proofread
(२८)
कहिले कोशा, अम्बा, केरा
कहिले खोर्सानीको घेरा
त्यो सब चारा सपनामय भो
दैव ममाथि अति निर्दय भो
(२९)
फुलझैँ सून्दर कलिला साना
बालक उनका लीला नाना
घुमि-रहेछन् भित्र नयन्मा
हाय !! कहाँ ती अब यो वनमा
(३०)
पिँजरा बोकी तोता हाम्रो
भन्दै राखी ममता राम्रो
शिशुहरु खेल्दा उस आँगनमा
झुल्दै गद्गद हुन्थेँ मनमा
(३१)
पल्लव जसतो औँला शिशुले
उस पिँजरामा हाल्दा खुसिले
बुढिया नचला, टोक्ला भन्थिन्
नजर दयालू मउपर दिन्थिन्