This page has not been proofread
(४)
उडने कसरी ? हिँडने कसरी ?
वनको चारा चर्ने कसरी ?
यो सब सम्झन सक्तिनँ केही
थरथर काँप्दछ केवल देही
(५)
लडदै पडदै स्याँस्याँ गर्दै
बालक जस्तै बामे सर्दै
खुला जगत्मा, आएँ किन्तु
हृदय छ मेरो इन्तु न चिन्तु
(६)
मीठा फलफुल च्याप्दै मुखमा
भु्र्र म उड्थेँ जुन रुखरुखमा
ती सब रुखहरु देख्दा आज
लाग्छ कहाली साथै लाज
(७)
थोरै बाङ्गा टेवाजस्ता
निश्चल खुट्टा दुर्गम रस्ता
नयन दुवै छन् धमिला ज्यादा
शिव ! शिव ! म उपर कत्रो बाधा !!