Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/281

From Nepali Proofreaders
This page has not been proofread
पिँजराबाट छुटेको शुगा

(१)
हाय ! म हूँ त्यै द्विज शुकनामा
बन्द थिएँ जो उस पिँजरामा ।
विधिवश अहिले उम्केँ बल्ल
किन्तु परेको छू असरल्ल ॥

(२)
बढदो चढदो वय पञ्चरमा
म सकल बिताएँ कष्ट-कहरमा ।
यस हालतमा बाहिर आई
कसरी मैले जिउने ? हाई !!

(३)
त्यो पिँजरामा पहिले पस्ता
उकुस-मुकुस भै रोई बस्ता ।
जो जति भोगेँ सङ्कट-बाधा
अझ त्योभन्दा अहिले ज्यादा ॥