This page has not been proofread
हाँसेको साहित्य-सागर
(१)
कोही वायुकुमार-तुल्य बलिया गर्छन् उडी लङ्घन .
कोहि बन्धन हाल्दछन् नलसरी ढुङ्गा-मुढा लीकन
कोही अङ्गद नीलझैँ घुमिघुमी आलोचना गर्दछन्
सीता निश्चय भेट्दछौँ भनि कुनै आनन्दमा पर्दछन्
(२)
केही भित्र घुमाइ खूब उसमा उत्साहको मन्दर
गर्छन् मन्थन देव-दानव सरी पीयूषको खातिर
त्यो देखी कवि(पि)- वर्गको हरघडी चापल्य वा जाँगर
हाँसी नित्य छचल्किँदो छ धमिलो साहित्यको सागर