This page has not been proofread
(२०)
सन्तोष: कारुण्य, परोपकार
इत्यादि दैवी गुणको प्रचार
जो विश्वमा शान्तिनिमित्त गर्थ्यो
सम्पत्तिको सञ्चयदेखि डर्थ्यो
(२१)
अनार्यता वा जडवाद ज्यादा
बढ्यो भने गर्दछ विश्व-बाधा
भन्ने विचार जुन आर्यजाति
झुक्थ्यो सदा चेतनवाद-माथि
(२२)
विधि-व्यवस्था समयाऽऽनुसार
सबै मिलाईकन बारबार
यै जाति शिक्षा सबलाई दिन्थ्यो
बन्धुत्वमा विश्व समस्त उन्थ्यो
(२३)
सङ्गीत शिल्पादि कला प्रशस्त
विस्तार गर्दै दुनियाँ समस्त
यै जातिले खूब रमाउँदै गो
कर्तव्यको ज्योति जगाउँदै गो