Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/264

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(१६)
परत्रको वास्तव वस्तुतत्त्व
वरत्रको जीवनको महत्त्व
बुझी दुवैको सुख-तारतम्य
यै जाति गर्थ्यो उपदेश रम्य

(१७)
आस्तिक्यको दीपक दिव्य बाली
कालो कडा नास्तिकता पखाली
जस्ले जगाई प्रतिभा उज्यालो
विश्वात्मा विश्वेश्वरमा बसाल्यो

(१८)
खगोल भूगोल सबै निहारी
रहस्य उस्का गतिको विचारी
समस्त सृष्टिक्रम-तारतम्य
यै जातिले स्पष्ट गर्यो सुरम्य

(१९)
देवेन्द्रदेखि कृमि कीटसम्म
देखी महाचेतन-ज्योति टम्म
'आत्मैव सर्वम्‌' जुन जाति भन्थ्यो
आनन्दमा गद्‌‌गद भै रहन्थ्यो