This page has not been proofread
(१६)
कतै घना वन, बाँझो, पर्ती
कतै अबादी रसिलो धर्ती
कतै उज्याला जलका माला
कलकल खलखल खोलानाला
(१७)
वारी पारी गर्नुपर्दा
विकट नदी वा खोला तर्दा
साना फड्के, साँघू डुङ्गा
कतै तुइन अद्भुत झोलुङ्गा ॥
(१८)
तलतल बेसी, माथी गाम
पाठ परेको बस्ने ठाम
किसिमकिसिमका स्वाँरा बारी
ठामठाममा गोठ तयारी
(१९)
नागबेलिया धर्का जस्ता
गामगाममा पस्ने रस्ता
थोरै तेर्छा धेरै गाढा
वरपर घरघर बाच्छा पाडा