This page has not been proofread
(१२)
साटी टुटेका, रसकी टुटेका
सहस्र धारा जलका छुटेका
मानू सबै धार्मिक-भावहीन
समाज झैँ छिन्न र भिन्न दीन
(१३)
घुरान फोहोर लिएर नासो
मोटो र गन्दा बिचरो करासो
जम्मा झिँगा लाखन भन्नभन्न
भन्की-रहन्छन् सब हाल भन्न
(१४)
लर्की-रहेको खर, झार, पात,
धूलो, धुवाँसो जसमा छ खात
हावा चलेमा सब नाच्न थाल्छन्
नाची नयाँ कौतुकिता निकाल्छन्
(१५)
चल्यो जहाँ बाहिर हर्र हावा
वहाँ धुलाको घरभित्र धावा
छोपेर आँखा, मुख, नाक, कान
घुमी घुमी गर्दछ नाच-गान