Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/170

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५)}} गइथ्यौ जुन गोलिले तिमी ::उहि फर्की दिलमा घुस्यो घुमी । गर देवि ! दयावती ? दया ::दिल मेरो छ सबै छिया-छिया ॥ {{pcn|(१६)}} तिमिलाई म खास मारने ::तिमि ढोका दिलको उघारने । म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१५)
गइथ्यौ जुन गोलिले तिमी
उहि फर्की दिलमा घुस्यो घुमी ।
गर देवि ! दयावती ? दया
दिल मेरो छ सबै छिया-छिया ॥

(१६)
तिमिलाई म खास मारने
तिमि ढोका दिलको उघारने ।
मुटुमा बजदो छ बेसुरा
कुन यो राग अहो !! पुरा-पुरा ॥

(१७)
पहिले जुन गोलि बन्दुक
लिइ फिर्थेँ म बनी समुत्सुक ।
अब त्यो सब हा ! हलाहल
विष सम्झी दिल रुन्छ आकुल ॥

(१८)
पदमा म झुकेँ नकच्चरो-
अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
भन देवी ! (मनरो ! न रो, नरो)॥ *****

  • यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक